ओपेन्द्र बस्नेत,तुलसीपुर १९ साउन । ‘कुकुरले टोकेको घाउमा तेलबेसार लगाउँदै थिए छिमेकी दाई आएर सुई लागउनु पर्छ नत्र मरिन्छ भाई भन्नु भयो र सुई लगाउन दाङ आएको हँु ।’ सल्यानको कपुरकोट गाउँपालीका ३ निबासी धनबहादुर रावतलाई गोठालाबाट (गााई ग्वालबाट ) घरतर्फ फर्किदै गर्दा गएको असार १४ गते बाटोमा कुकुर टोकेको थियो । छिमेकीले सल्लाह दिएको दिन सम्म कुकुरले टोकेको २ दिन भइैसकेको थियो ।
११ बजेको बस चढेका रावत तुलसीपुरमा रहेको राप्तीअंचल अस्पतालमा आइपुग्दा सम्म साढे १२ बजीसकेको थियो । ‘अस्पताल भित्र गएर कुकुरले टोकेको सुई लगाउन आएको हुँ भने, डाक्टरहरुले सुनेको नसुने झै गरे रावतले भन्नुभयो फेरी त्यही कुरा दोह¥याए, एक जनाले यहाँ सँुई पाइन्न भनेपछि मैले यति ठूलो अस्पतालमा पनि कुकुरले टोकेको सुँई पाइन्न ? भनेर प्रश्न गरे ।
अर्कोले छ भने हेर्दिनु भने पछि बल्ल मैले सुई लगाउन पाएँ त्यो पनि दुई वटा मात्रै ।’ अन्य बाँकी भ्याक्सीन, राप्ती लाइफ केयरमा गएर प्रति भ्याक्सीन पाँच सय ८० रुपैयाँका दरले लगाएको रावतले बताए ।
कुकुरले टोकेपछि रेबिजबाट बच्न एन्टी रेबिज भ्याक्सीन लगाउनु पर्छ त्यो पनि पाँच भ्याक्सीन । तर उनलाई अस्पताका चिकित्सकले भ्याक्सीनको अभाव देखाउदै दुई वटा लगाएर बाँकी बाहिर लगाउन सुझाव दिए । रावत एउटा पात्र मात्र हुन् । उपचारका लागि रेबिज बिरुद्धको एन्टी भ्याक्सीन लगाउन आउने सबै बिरामीहरुको अवस्था यस्तै छ । अस्पतलमा दैनिक ५÷७ जना उपचारका लागि आउने गर्छन । तर उनिहरु बाहिर उपचार गर्न बाध्य छन् ।
अस्पतालमा २ सय रुपैयाँमा पाइने भ्याक्सीनलाई बिरामीहरु निजी अस्पतालहरुमा पाँच सय ५० देखि ६ सय ३० रुपैयाँ सम्म तीर्न बाध्य छन् । यता राप्ती अञ्चल अस्पतालले भ्याक्सीनको अभावका कारण पुरै डोज दिन नसकेको बताएको छ । माग अनुसार भ्याक्सीन नआउँदा उपचार गर्न आउने बिरामीले पुरै उपचार सेवा नपाएको ड्रेसिङ इन्चार्ज सुनिता पोख्रेलले बताउनुभयो ।
‘दैनिक ५/७ जना कुकुरले टोक्यो भन्दै आउनु हुन्छ उहाँहरुलाई प्रतिव्यक्ति दुई वटा सम्म भ्याक्सीन लगाएर पठाउँर्छौ इन्चार्ज पोख्रेलले भन्नुभयो त्यो पनि आपतकालीन निर्णय अनुसार दिने गरेका छौ ।’अस्पतालले भ्याक्सीनको अभाव भए पछि करिब एक महिना पहिले प्रतिव्यक्ति दुई वटा मात्र भ्याक्सीन दिने निर्णय गरेको थियो ।
माग अनुसार आपूर्ति नहुदा समस्या भएको राप्ती अंचल अस्पताल अन्र्गत रहेको स्टोरले जनाएको छ । अस्पतालले मासीक पाँच सय भ्याक्सीनको माग गरे पनि इपिमियोडोलोजी महाशाखा काठमान्डौले नपठाएको स्टोर प्रमुख राजु श्रेष्ठले बताउनुभयो ।
‘पाँच सय माग गरेका थियौं दुई सय पठाउदै आएको थियो त्यसलाई पनि घटाएर एक सय पचास पठाउन लागेको एक बर्ष भयो स्टोर प्रमुख श्रेष्ठले भन्नुभयो अहिले त असाढ महिनामा कत्ति पनि पठाएन ।’ उहाँका अनुसार नेपालगञ्जबाट एक सय भ्याक्सीन लिएर अहिले काम चलाउने काम भएको छ । यो समाचार तयार पार्दा सम्म अस्पतालमा ३० भ्याक्सीन मौज्दात छ ।
एन्टि स्नेक भेनम प्रर्याप्त छ
यसैगरी सर्पले टोकेपछि लगाउने एन्टि स्नेक भेनम भने प्रयाप्तमात्रामा भएको अस्पतालले बतएको छ । आर्थिक बर्ष २०७३÷७४ सर्पले टोकेपछि अस्पतालमा उपचाका लागि आएका ७६ जना मध्य ७१ जना उपचार पछि घर फर्किएको इर्मजन्सी इन्चार्ज रेकविक्रम रानाले बताउनुभयो । जसमध्य ७ जनालाई एन्टिस्नेक भेनम भ्याक्सीन दिएर तथा ६४ जनलाई २४ घन्टा निगरानी (अब्जवेसन)मा राखेर उपचार पछि घर पठाएको इन्चार्ज रानाले बताउनुभयो ।
‘सर्पले टोक्यो भन्दै उपचारका लागि अस्पतालमा आएका बिरामीलाई २४ घन्टा सम्म अब्जरवेसनमा राख्छौ इन्चार्ज प्रमुखले भन्नुभयो सर्पले टोकेको लक्षण देखियो भने एन्टिस्नेक भेनम दिन्छौ नभए परामर्श पछि घर पठाउछौ ।’
इन्चार्ज रानाका अनुसार दाङमा १० प्रतिशत मात्रै सर्प विषालु हुन्छन् । अघिल्लो बर्ष उपचारका लागि आएका आएका ७३ जना मध्य ४० जना गिरानी र पाँचना उपचार र ३ जनालाई बारि रिफर गरिएको थियो । दाङमा पाइने गराइच र डूम सर्प मात्रै विषालु हुने अस्पतालले बताएको छ ।