सल्यानका दश जना कुपोषित बालबालिकालाई दाङ ल्याईयो

 

मिना बुढाथोकी,सल्यान ९ साउन । जिल्लाको दुर्गम उत्तरी क्षेत्रबाट १० जना कुपोषणमा परेका वालवालिकालाई कुपोषणको अवस्थामा सुधार ल्याउनका लागी दाङ्ग रिफर गरीएको छ । दार्मा गाउपालिकाको दार्माकोटबाट ४ जना भल्चौरबाट ४ जना, ढाकाडामबाट १ जना र कुमाख गाउ पालिकाको जिमालीबाट १ जना अति कुपोषणमा परेका वालवालिकालाई रिफर स्वास्थय चौकी मार्फत गरीएको हो ।

उनीहरु ६ महिना देखि ५ वर्ष भित्रका रहेको दलित विकास समाज सल्यानकी पोषण सुपरभाइजर निमु चित्रकारले जानकारी दनु भएको छ । वितेका १ वर्षको अवधिमा उनिहरुलाई रिफर गरिएको र उनिहरु मध्ये अधिकांश निको भएर फर्किने गरेको उहाले बताउनु भयो । घोराही स्थीत पोषण पुर्नस्थापना गृहमा गएका मध्ये उनिहरुको पोषणको अवस्थामा सुधार भएपछि रिफर गरिएका मध्ये ९ डिस्चार्ज भइसकेका छन् भने एक जना वालिकाको उपचार भैरहेको छ ।

सेभ द चिल्ड्रेनसँगको साझेदारीमा कार्यक्रम संचालन भैरहेका गाविसहरुमा पछिल्लो समयमा कुपोषित वालवालिकाहरु विस्तार घट्दै गैरहेको सम्वन्धित स्वास्थ्य चौकीहरुले बताएका छन् । दलित विकास समाज सल्यानकी पोषण सुपरभाइजर चित्रकारले भन्नु भयो ­‘पहिले चाँही गाउमा कडा कुपोषण छैन भन्ने थियो, तर हामी पुरै गाउगाउमा गएर पोषण कक्षा मार्फत सचेतना जगाएर ५ वर्ष मुनिका वालवालिकाको स्वास्थ्य चौकीमा जाँच गर्दा यस्तो देखियो ।’रिफर गरिएका वच्चा र उनिहरुको आमालाई कार्यक्रमले खाना बस्न र यातायात खर्च उपलव्ध गराउदै आएको छ ।

उमेर अनुसार तौल नपुग्नु, विरामी भइरहनु, झाडापखाला, निमोनिया, क्षयरोग आदि लागेर निको हुने समस्या देखिने र समयमै उपचार नपाउदा ज्यान जान सक्ने भएकोले रिफर गरिएको जिमाली स्वास्थ्यचौकीका इन्चार्ज लोक बहादुर बस्नेतले बताउनु भयो । एकिकृत परियोजनाले संचालन गरेको पोषण कक्षा प्रभावकारी देखिएको बस्नेतले जानकारी दिनु भयो । ‘अहिले त आफ्नो वच्चा अलिकति कमजोर देखिने वित्तिकै परामर्श लिन स्वास्थ्य संस्था आउने चलन बढेको छ’­उहाले भने­‘पहिले खोप र विरामी भएमात्रै स्वास्थ्यचौकी आउनेहरु वच्चाको नियमित तौल लिन आउछन् ।’

हाल सम्म पठाएका बच्चाहरुको अहिले तौल बढिरहेको र पोषणको अवस्थामा सुधार भइरहेको छ । सेभ द चिल्ड्रेनसँगको साझेदारीमा दलित विकास समाज सल्यानले पोषण शिक्षा संचालन गरीरहेको छ । दार्मा गाउपालिकाका सवै वडा र कुमाख गाउ पालिकाको वडा नम्वर ७ जिमालीमा २० वटा कृषी समुह मार्फत झण्डै चार सय आमाहरुलाई पोषण शिक्षा दिइरहेको सेभ द चिल्ड्रेनकी जिल्ला संयोजक विमला सुवेदीले जानकारी दिनु भयो ।

पोषण कक्षामा घरमै उत्पादन गर्न सकिने पोषिला खानेकुराको जानकारी दिने, खाना प्रर्दशनी गरेर खान सिकाउने, पोषणको बारेमा जानकारी दिने गरिएको उहाले बताउनु भएको छ ।

प्रकाशित मिति : २०७४ साउन ९ गते सोमवार
प्रतिक्रिया