म्यानमानरमा इन्टरनेट सेवा अवरुद्ध

काठमाण्डौ, २५ माघ । म्यानमानरमा इन्टरनेट सेवा अवरुद्ध पारिएको छ । सैन्य कू को विरोधमा जनताहरु सडकमा उत्रिएपछि इन्टरनेट सेवा अवरुद्ध पारिएको छ ।इन्टरनेट मनिटरिङ समूह नेटब्लक इन्टरनेट अब्जरभेटरीले म्यानमारमा इन्टरनेट सेवामध्ये जम्मा १६ प्रतिशतले मात्र काम गरिरहेको जनाएको छ ।

सामाजिक सञ्जालको माध्यमबाट विरोध प्रदर्शनमा जुट्न नागरिकहरुलाई अप्ठ्यारो होस् भन्दै ट्विटर र इन्टाग्राममा पनि रोक लगाएको छ । फेसबुक भने शनिवार नै बन्द गरिएको थियो ।दंगा नियन्त्रक प्रहरीले शहरको केन्द्र भागमा जाने बाटोहरु बन्द गरेका छन् ।

इन्टरनेट बन्द गरिएको विषयमा सेनाले कुनै टिप्पणी गरेको छैन । गएको सोमबार आङसाङ सू की लगायतका नेतालाई पक्राउ गर्दै सम्पूर्ण अधिकार सेनाले आफ्नो हातमा लिएसँगै त्यहाँको नागरिक प्रजातन्त्रको माग र सैनिक कूको विरोधमा सडकमा प्रदर्शन गरिरहेका छन् ।

उज्यालो अनलाईबाट साभार

प्रकाशित मिति : २०७७ माघ २५ गते आइतवार
प्रतिक्रिया