सेवाको नाममा चर्को शुल्क अशुल्दैै तुल्सी हस्पिटल, १३ हजार तिर्न नसक्दा नागरिकता जफत

तुलसीपुर, २८ पुष । पश्चिम दाङको बबई गाउँपालिका ५ निवासी याम बहादुर बुढाथोकीको एक महिनाका नवजात शिशुलाई स्वास्थ्यमा समस्या आयो । त्यसपछि उनले तुल्सी बाल हस्पिटल प्रालि तुलसीपुरमा उपचारका लागी ल्याए ।
त्यो भन्दा पहिला उनले शिशुलाई काठमाण्डौ चेकजाँच गराएका थिए । केहि समय पछि फेरी काठमाण्डौ ल्याउनु अस्पतालले भनेको थियो ।

तर त्यतिबेला कोरोना माहामारीले गर्दा देशव्यापी लकडाउन थियो उनले काठमाडौ लैजान सकेनन् । तुल्सी बाल हस्पिटल प्रालि तुलसीपुरमा ल्याएर बच्चालाई देखाएपछि उपचारका लागी भर्ना गरियो । भर्ना भएपछि पहिलो पटक नाईटोको अप्रेसन भयो । यो कुरा २०७७ साउन महिनाको हो । अप्रेसन गरेको केहि दिनमै फेरी पेटमा समस्या आएपछि दोस्रो पटक पनि अप्रेसन भयो । तर सुधार आउन सकेन । ६÷६ दिनमा दुई पटक अप्रेसन हुदा नवजात शिशुको पेट छियाछिया भयो ।

यसरी निको हुने आसमा अस्पतालमा झन्डै १५ दिन बित्यो । निको होला भन्दा अस्पतालले अब समस्या थपिदै छ अन्यत्र लैजानुस् भन्यो । विरामीका अभिभावकलाई झनै तनाव भयो । पन्ध्र दिन सम्म अस्पताल भर्ना हुदा शिशुको अवस्था सुधार हुनुपर्नेमा जटिल जटिल बन्यो ।

पन्ध्र दिनसम्म झन्डै डेढ÷दुई लाख रुपैया अस्पतालमा खर्च भयो । त्यति बेला सम्म अस्पतालले उपचार हुन्छ भनेको थियो । जब विरामीका अभिभावक संग भएको पैसा पनि रित्तियो अनि बच्चाको उपचारमा सुधार पनि आउन सकेन । भए जतिको पैसा सकियो । अस्पतालले फेरी पचास हजारको बिल देखायो ।

उनीहरुले गरिब दुखीको समस्या सुनाए । अस्पताल प्रशासनले बिल भुक्तानी नहुदा सम्म बच्चा लैजान पाईदैन भनेर धम्की दिन थाल्यो । त्यसपछि पिडित परिवार हारगुहार गर्न प्रहरी र मिडिया सम्म पुगे । अस्पताल प्रशासनले बाध्य भएर तत्काललाई पचास प्रतिशत रकम भुक्तानी गर्ने र बाँकी रकम पछि दिने सहमतीमा विरामीलाई अस्पतालबाट बिदा दियो । अनि विरामीका आफन्तीहरु अस्पतालबाट निरास हुदै निस्किए ।

यस्तै रगैजाकी गिता चौधरीले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा छोरी जन्माईन् । तर जन्मपश्चात शिशु नरोएपछि उनलाई तुल्सी बाल हस्पिटलमा लैजान चिकित्सकले सुझाव दिए । उनले चेकजाँचका लागी हस्पिटलमा लगीन् । कुरा २०७६ भदौ महिनाको हो । त्यहा हस्पिटलमा लगेर जचाँउदा दुई दिन सम्म बच्चालाई भर्ना गर्न भनियो र भर्ना पनि गरियो । तर सुधार आउन सकेन ।

बरु अस्पतालले अनेत्र लैजान सुझाव दियो । त्यहा बस्दा दुई दिनमै २२ हजार भन्दा बढि उपचार खर्च भएको बिल अस्पतालले देखायो । एउटा गरिब तथा सामान्य परिवारका उनीहरुलाई उक्त बिल नसोचेको भन्दा धेरै भयो । हुन पनि हो दुई दिनमै विपन्न परिवार ,जो संग पाँच सय रुपैया भनेको समयमा हुदैन त्यस्ता वर्गका लागी २२ हजार रुपैया झन लाखौँ बराबर जस्तै बन्यो । नत बच्चाको उपचार भयो नत उनीहरु संग अस्पतालमा तिर्न पैसा नै पुग्यो ।
अझ अस्पतालले अनेत्र लैजान भनेको छ ।

अब के गर्ने उनीहरुको परिवारमा निकै ठुलो समस्या आईप¥यो । अब बच्चालाई बाहिर अर्थात अनेत्र लैजाने कसरी त्यो कल्पना भन्दा टाढाको कुरा भयो उनीहरुका लागी । अस्पतालमा दुई दिन भर्ना गरेको पैसा तिर्न समेत पुरा पैसा भएन ।
केहि आर्थिक संकलन भएको दश हजार मात्रै साथमा भएकाले २२ हजार मध्ये झन्डै १३ हजार तिर्न नसक्दा अर्थात १२ हजार अपुग भएको कुरा अस्पताललाई भन्यौ उनले विगत सम्झदै भनिन् अस्पताल प्रशासनले मेरो श्रीमान् संग भएको नेपाली नागरिकता राखेर पैसा लिएर आउनु अनि मात्रै नागरिकता पाईन्छ भनेको हो ।

तर छोरी डेढ बर्षकी भई ,नागरिकता अस्पतालमा राखेको पनि डेढ बर्ष भयो उनले भनिन् आर्थिक अभावका कारण दैनिकी छाक टार्न त मुस्किल छ कसरी छोरीको उपचार गर्ने , अस्पतालमा रहेको बाँकी पैसा तिर्ने त्यो हाम्रो लागी कल्पना भन्दा टाढा भयो । अहिले बच्चाको अवस्था अझ नाजुक बनेको छ । आर्थिक अभावका कारण उपचार गर्न सकिएको छैन । उपचार गर्न लैजानु पर्ने बालिकालाई अहिले घरमै राखीएको छ ।

आर्थिक सहयोग संकलनले साँझ विहानको छाक टार्नु परेको छ । पैसा नहुदा उनको परिवार नागरिकता लिन गएका छैनन् । अस्पतालले के भन्छ त्यो थाहा छैन तर उनीहरुले पैसा जुटाउन नसकेकै कारण एक पटक पनि अस्पताल गएका छैनन् । जसले गर्दा बच्चाको जन्मदर्ता पनि छैन अनि आमाको नागरिकता पनि बनेको छैन ।उनका लागी अहिले बोलि दिने कोहि छैनन् । जसले गर्दा नागरिकता बन्दकी रहेको छ । नत अर्को नागरिकता बनाउन सकेका छन् । यता तुलसी बाल हस्पिटल प्रशासनले १२ हजार ८५० रुपैया बाँकी रहेको बताएको छ । पैसा अपुग भएपछि प्रमाणका लागी नागरिकता राखीएको र अहिले सम्म लिन नआएको हस्पिटलको भनाई छ ।

हस्पिटलका अनुसार बाँकी रहेको पैसा भुक्तानी गरेपछि मात्रै पिडित पक्षले आफनो नागरिकता लैजान पाउने बताएको छ । यी दुई घटना एउटा प्रतिनिधिमुलक पात्र मात्रै हुन् । तुल्सी हस्पिटलमा सेवा लिन पुगेका यस्ता थुप्रै सेवाग्राही पिडित छन् । पश्चिम दाङमा तुल्सी हस्पिटल प्रालि चर्चित नाम हो ।जहाँ बालबालिकाको स्वास्थ्य समस्या बारे उपचार गरिन्छ ।तर उपचार तथा सेवाका नाममा सेवाग्राही संग चर्को शुल्क असुल्ने काम भएको सेवाग्राहीको आरोप छ । बालबालिकाको उपचार गराउन पुगेका अभिभावक उल्टै मानसिक तनाव बोकेर फर्कने गरेका थुप्रै उदाहरण छन् ।
प्राईभेट हस्पिटल भएकाले उपचार सेवा पनि उत्तिकै महंगो भएको सेवा लिन आएका सेवाग्राहीको भनाई छ ।

सरकारी अस्पताल भन्दा केहि बढि शुल्क हुनु स्वभाविकै हो । यद्यपी सेवाग्राहीले भने यसलाई अस्वभाविक रुपमा शुल्क लिने गरेको बताउँछन् । जो सुकै सेवाग्राही उक्त हस्पिटलमा जान समेत मन गर्दैनन् । हस्पिटलको बारेमा जानेका र बुझेका महँगो शुल्क लाग्छ भन्ने गर्छन् भने हस्पिटलमा एक पटक सेवा लिन गईसकेका सेवाग्राही मध्ये अधिंकास अर्को पटक जादैनन् । बरु उनीहरु जिल्ला बाहिर जान तयार हुन्छन् । बालबच्चाको उपचार गर्ने हस्पिटल सेवामुखी बन्न नसकेको सेवा लिन गएका सेवाग्राहीको गुनासो छ ।

सामान्य केसलाई पनि धेरै ठुलो भनिदिने र त्यहा गईसकेपछि सामान्य विरामीलाई पनि भर्ना गर्नुपर्ने त्यहाका चिकित्सकले सुझाव दिन्छन् । अनि धेरै जसो विरामी भर्ना गर्न बाध्य हुन्छन् । त्यसपछि निको हुनुको साटो विरामी थपिदै जाँन थाल्यो भने कति पैसा सकिन्छ त्यो थाहै हुदैन एक सेवाग्राहीले आफनो नाम नबताउने सर्तमा तुलसीपुर खवरडटकमलाई भने । विरामी ठिक भएत ठिकै हो तर ठिक नभएमा भएका पैसा जति त्यहि अस्पतालमा तिर्न पुग्दैन । त्यसकारण जो सुकै विरामी उक्त हस्पिटलमा जाने आटनै गर्दैनन् ।

एउटा सामान्य ज्वरो र जन्डिस भएका बालबच्चालाई भर्ना गर्न लगाईन्छ उनले भने त्यो कति दिन हो डाक्टरले भनेको मान्नै पर्छ । त्यहा सेवा दिने भन्दा पनि विरामीलाई कसरी भर्ना गरी आम्दानी लिन सकिन्छ त्यो तर्फ हस्पिटल बढि उन्मुख भएको उनी बताउँछन् । आईसियु सहितको बालबालिकाको उपचार गर्ने हस्पिटल भएपनि चर्को शुल्क अस्पतालले लिने गरेको छ । तुलसी हस्पिटलमा सेवा लिन गएका केहि सेवाग्राहीको अन्य गुनासो छ ।तर हामीलाई प्रमाण प्राप्त नभएको हुदा सावर्जनिक गर्न सकेका छैनौ । ती गुनासा पुष्टि हुन आएमा हामीले हस्पिटलका पिडित सेवाग्राहीका अन्य विषयबस्तु पनि सार्वजनिक गर्नेछौ ।

प्रकाशित मिति : २०७७ पुष २८ गते मङ्गलवार
प्रतिक्रिया