भारतमा बर्डफ्लुको प्रकोप बढ्दै

काठमाण्डौं, २७ पुस ।भारतमा बर्डफ्लुको प्रकोप बढ्दै गएको देखिएको छ । भारतका कम्तीमा९ राज्यमा बर्ड फ्लुको सङ्क्रमण देखिएको छ भने केही राज्यमाभने परीक्षणको नतिजा आउन बाँकी छ । भारतको दिल्लीर महाराष्ट्रमा पनिबर्ड फ्लुको सङ्क्रमण पुष्टि भएकोभारतीय सञ्चार माध्यमहरुले बताएका छन् । बर्ड फ्लुको सङ्क्रमण देखिएसँगै नयाँदिल्लीको गाजिपुर होलसेल कुखुराकोबजार बन्दगरिएको छ । दिल्लीमा बर्ड फ्लुको कारण दुई सय चरा मरेकाछन् ।

बर्ड फ्लुको सङ्क्रमण देखिएसँगै मानिसहरुलाई पोखरी, तालतलाउ तथा वन्यजन्तु आरक्षण क्षेत्रमा मानिसहरुलाई भ्रमणमा प्रतिबन्ध लगाइएको छ ।महाराष्ट्रका अधिकारीहरुले आज पछिल्लो दुई दिनमाकम्तीमा आठसय कुखुराहरु मरेको बताएका छन् । कोरोना सङ्क्रमण नरोकिएका समयमा बर्डफ्लुको सङ्क्रमण देखिएको चिन्ता सुरु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : २०७७ पुष २७ गते सोमवार
प्रतिक्रिया