इन्डोनेसियाबाट उडेको विमान सम्पर्क विहिन

काठमाडौं , २५ पुस । इन्डोनेसियामा एक विमान बेपत्ता भएको छ । उडान भरेको केहीबेरमा नै श्रीविजया एयर बोइङ ७३७ विमान बेपत्ता भएको हो ।

फ्लाइट राडारलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार उक्त विमान एक मिनेटमा १० हजार फिट तल झरेको थियो । उक्त विमान दुर्घटना भएको अनुमान गरिएको छ । त्यहाँको पारवहन मन्त्रालयले बेपत्ता विमानको खोजी जारी रहेको जनाएको छ ।

 

प्रकाशित मिति : २०७७ पुष २५ गते शनिवार
प्रतिक्रिया