अमेरिकी राष्ट्रपतिको खाता ट्विटरद्धारा निलम्बन

बीबीसी २५ पुस ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर खाता स्थायी रूपमा निलम्बित भएको छ। सामाजिक सञ्जालसम्बन्धी उक्त कम्पनीले “हिंसा थप उक्साउने खतरा“ रहेको भन्दै उनको खाता निलम्बन गरेको हो।

ट्विटरले “डोनल्ड ट्रम्पको खाताबाट हालै गरिएका ट्वीटको समीक्षापछि“ उक्त निर्णय लिइएको जनाएको छ। केही सांसद र चर्चित व्यक्तिहरूले ट्रम्पको खातामाथि प्रतिबन्ध लगाउन वर्षौंदेखि माग गर्दै आएका थिए।

बिहीवार पूर्व राष्ट्रपति बराक ओबामाकी श्रीमती मिसेल ओबामाले ट्विटरले ट्रम्पको “राक्षसी व्यवहार“ माथि रोक लगाउनुपर्ने र उनलाई स्थायी रूपमा निष्कासित गर्नुपर्ने बताएकी थिइन्।

प्रकाशित मिति : २०७७ पुष २५ गते शनिवार
प्रतिक्रिया