२०८३ असार ३० गते मङ्गलवार

तुलसीपुरका ७ वटा वडा पुर्ण खोप युक्त घोषणा

लक्ष्मण विश्वकर्मा,तुलसीपुर, २० असार ।
तुलसीपुर उपमहानगरपालिकाको ७ वटा वडालाई पुर्ण खोप युक्त घोषणा गरीएको छ । साविक हलवार र तुलसीपुर नगरपालिकाको सवै वडा हाल तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ३,४,५,६,७,८ र ९ वडालाई पुर्ण खोप युक्त घोषणा गरीएको छ ।

हलवार स्वास्थ्य चौकी खाद्रे स्वास्थ्य संस्था संन्चालन व्यवस्थापन समितिको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय दाङ र तुलसीपुर उपमहानगरपालिका कार्यालयको सहयोगमा आज मंगलवार तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ पर्सेनीमा एक कार्यक्रमको आयोजना गरी घोषणा गरीएको छ ।

आथिर्क वर्ष ०७३ ÷०्र७४ मा नगरेको प्रत्येक वडामा गरीएको सर्वेक्षण अनुसार एक वर्ष मुनीका ८ सय असी र १२ महिना देखी २३ महिना सम्म ८३२ जना वालवालिकाले पुर्ण खोप लिएको पाइएको छ । प्रत्येक वडामा महिला स्वंयम सेविकालाई खटाएर तथ्याङक संकलन गरीएको हलवार स्वास्थ्य चौकीका प्रमुख विमल केसीले बताउनु भएको छ ।

उक्त वडाको तथ्याङक हेर्दा सवै वालावालिकाले खोप लगाएको पाइएको उहाले बताउनु भएको छ । जन्मेदेखी एक वर्ष भित्रमा ११ प्रकारका खोप लगाउनु पर्दछ । जन्म पश्चात विभिन्न रोगका विरुद्धमा खोप लगाउन पाउनु वालवालिकाको नैसर्गिक अधिकार भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम पोख्रेलले बताउनु भएको छ ।

कुनै पनि वालवालिकालाई खोप लिन बाट बन्चित गर्न नहुने बताउदै उहाले निशुल्क रुपमा पाईने खोप नियमित रुपमा लगाउनु पर्ने बताउनु भएको छ । उहाले भन्नु भयो पुर्ण खोप युक्त बनाउनका लागी जिल्ला व्यापी कार्यक्रम गर्ने तयारी गरेका छौ ।

समितिका अध्यक्ष तुलाराम केसीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसी, तुलसीपुर नगर स्वास्थ्य क्लिनिकका प्रविन केसी, साविक तुलसीपुर १६ का वडा नागरिक मन्चका संयोजक तारा देवकोटा,मावि कालोखोलाका छवि न्यौपाने,स्वंयम सेविकाहरु राधादेवी न्यौपाने, ललिता कडेल लगाएतले वोल्नु भएको थियो ।

हलवार स्वास्थ्य चौकीका प्रमुख विमल केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ७ वटा वडाका ७० जना महिला स्वंयम सेविकालाई सम्मान तथा पुस्कृत गरीएको थियो । त्यस्तैगरी हलवार स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी,कर्मचारी,विद्यालय ,विजौरी स्वास्थ्य चौकी र टरिगाउँ स्वास्थ्य चौकीलाई सम्मान गरीएको छ ।

कार्यक्रममा ७ वटा वडाका महिला स्वंयम सेविका,वडा सचिव,राजनितिक दलका प्रतिनिधि, वाल क्लव,स्वास्थ्य चौकी लगाएतको सहभागिता रहेको थियो । यस अघि दाङको पश्चिम साविक हेकुली,धनौरी लगाएतका गाविसलाई पुर्ण खोप युक्त गाविस घोषणा गरीसकीएको छ ।

प्रकाशित मिति : २०७४ असार २० गते मङ्गलवार
प्रतिक्रिया