शिक्षा क्षेत्रमा लगानी गर्छु: सांसद चाैधरी 

देउखुरी, १२ मंसिर । प्रतिनिधिसभा सदस्य, नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)का केन्द्रीय सदस्य मेटमणी चौधरीले सांसद विकास कोषको बजेट दाङ निर्वाचन क्षेत्र नं. अन्तरगत शिक्षा क्षेत्रमा लगानी गर्ने बताएका छन् । दाङको गढवा स्थिति जनज्योति माध्यमिक विद्यालयको नव निर्मित भवनको उद्घाटन गर्दै आफ्नो निर्वाचन क्षेत्रमा सुविधा सम्पन्न विद्यालयहरू निर्माण गर्नको लागि शिक्षा क्षेत्रमा बजेट विनियोजन गर्ने उनले बताए ।
सांसद विकास कोषको पच्चीस लाख र क्रेयटिङ पोसिबिलिटिज नेपालको पचास लाखको सहयोगमा निर्माण भएको चारकोठे पक्कि भवनको शुक्रबार उद्घाटन गरेका हुन ।
भवन निर्माण समितिका अध्यक्ष तथा राजपुर गाउँपालिका वडा नम्बर दुईका वडाध्यक्ष दर्गाप्रसाद शर्माको सभापतित्वमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला कार्यालय सदस्य सुरामणी बेल्वासे, विद्यार्थी देवा बुढा, दिपा चौधरी, जनमोर्चाका जिल्ला सदस्य कपिलदेव खनाल, नेपाली कांग्रेस राजपुर गाउँपालिका पार्टी सचिव केशवराम यादव लगायतले बोलेका थिए ।
कार्यक्रममा भवन निर्माणको खर्च विवरण विद्यालयका प्रअ केशवराम यादवले प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा विद्यालय निर्माणमा सहयोग पु¥याएको भन्दै सिपि नेपालका लेखा अधिकृत तथा विद्यार्थी संयोजक दिपा चौधरीलाई कदर पत्र प्रदान गरिएको थियोे । कार्यक्रमको सहजिरकण विद्यालयका शिक्षक भानुनाथ योगिले गरेका थिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर १२ गते शुक्रवार
प्रतिक्रिया