सल्यानमा शितलपाटीमाआँखा शिबिर सम्पन्न,चार सय बढिले सेवा लिए

बुद्धि पुन, सल्यान, ५ असार ।
दुई दिने निशुल्क आँखा शिबिर आज सल्यानको शितलपाटीमा सम्पन्न भएको छ । आँखा उपचार केन्द ब्यबस्थापन समिती शितलपाटी सल्यानको आयोजनामा सो आँखा शिबिर सम्पन्न भएको हो । हिजो र आज गरी दुई सम्म सञ्चालन भएको आँखा शिबिरमा ४ सय ८२ जनाले सेवा लिएको आँखा उपचार केन्द्र शितलपाटीका नेत्र स्वास्थ्य कार्यकर्ता पदमराज पन्तले जानकारी दिनुभयो ।

आँखा शिबिरमा ७१ जनाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको राप्ती आँखा अस्पताल रक्षाचौर दाङका डाक्टर निता सुनाम गमालले जानकारी दिनु भयो । उहाँले आँखा चिलाउने, आँखा रातो भएको, आँखा बिजाउने लगाएतका सामान्य समस्या भएका आँखाका बिरामीहरु बढी भएको बताउनु भयो । पछिल्लो समय आँखा उपचार केन्द्र शितलपाटीले बिभिन्न संघ संस्थाहरु संगको सहकार्यमा जिल्लाका बिभिन्न ठाउँहरुमा निशुल्क आँखा शिबिर सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २०७४ असार ५ गते सोमवार
प्रतिक्रिया