सन्तोष केसि, तुलसीपुर ३ असार ।
नेपाली काग्रेस दाङका सभापती कृति बहादुर खडकाले काग्रेसका बिरुद्धमा लाग्नेहरुलाई कार्वाहि गर्ने बताउनु भएको छ । आज तुलसीपुर उपमहानगर पालिका वडा नम्वर ७ ले आयोजना गरेको चुनावि समिक्षा कार्यक्रममा बोल्दै खडकाले काग्रेसका आधिकारिक उम्मेदवारहरुका बिरुद्धमा बागि उम्मेदवारि दिने जो कोहिलाई कार्वाहि गर्ने बताउनु भयो ।
उहाँले काग्रेसका आधिकारिक उम्मेदवारहरु लाई हराउनका लागी स्वतन्त्र उम्मेदवारि दिनेलाई भोलि पल्टै काग्रेस दाङले गर्ने चेतावनि दिनुभयो । साथै सभापती खडकाले काग्रेसका आधिकारिक उम्मेदवारहरुलाई जिताउनका लागी लागि पर्न सवै क्रियाशिल सदस्य तथा शुभेच्छुकहरु लाई आग्रह गर्नु भयो । काग्रेसलाई जिताउन सवैमा एकता हुन आवश्यक रहेको भन्दै खडकाले केहि असहमति भए वसेर छलफल गर्न समेत आग्रह गर्नुभयो ।
नयाँ संबिधान निमार्ण भए संगै अव देश नयाँ मोडमा पुगेको भन्दै नियमित रुपमा निर्वाचन हुने र सवैले अवसर पाउने बताउनु भयो । सो अवसरमा नेपाली काग्रेस वडा नम्वर ७ का अध्यक्ष पदका उम्मेदवार टोप बहादुर केसी, निर्वाचन प्रचार प्रसार समितिका संयोजक रेशम वलि लगाएतकाले बोल्नु भएको थियो ।
सो अवसरमा नेपाली काग्रेस नगर सचिव प्रदिप केसी, साविक वडा नम्वर ३ का उपसभापती पदम केसी, मुल्याङन समितिका संयोजक अरुण कुमार आचार्य, दलित नेता ईश्वरि सुनार, आर्थिक समितिका संयोजक शंकर केसी, युवा परिचालन समितिका संयोजक धरम केसी लगाएतकाले बोल्नु भएको थियो ।
सो वडा बाट महिला सदस्यमा ललिता कडेल , दलित महिला सदस्य उम्मेदवार शारदा सुनार , खुल्ला सदस्यमा राम बहादुर जिसी र चन्द्रलाल चौधरि रहनु भएको छ ।