साकार सौरभ उद्योगको ठगी धन्दा : एक महिनापछिको उत्पादन मिति राखेर चाउमीन बजारमा

तुलसीपुर, २७ कात्तिक । बुधवार तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा बजार अनुगमन भयो । स्थानिय जनप्रतिनिधि, उद्योग बाणिज्य संघ, स्थानिय प्रशासन ,पत्रकार,कर्मचारी लगाएतको सहभागितामा रहेको टोलीले वीरेन्द्र चोकबाट पसल अनुगमन गर्न सुरु ग¥यो ।

अनुगमन टोलीले बजारका किराना पसल, डेरी पसल, कस्मेटिक पसल, जुस सेन्टर हुँदै घोराही रोड स्थित द फुड पार्क फेमली रेष्टुरेन्टमा पनि अनुगमन ग¥यो । त्यहा व्यवसायको कागज पत्र माग्यो ।

तर रेष्टुरेन्ट संचालकले भरखरै संचालनमा आएको जानकारी दिदै व्यवसाय दर्ता प्रक्रियामा जाने तयारी गरेको भन्ने जवाफ दिएपछि अनुगमन टोलीले तिहार लगतै प्रक्रिया पुरा गर्न निर्देशन दियो । त्यतिखेर दिउँसो दुई बजेको थियो । रेष्टुरेन्टमा केहि ग्राहकहरु पनि खाजा ÷नास्ता खान बसेका थिए । सरसफाई अनुगमन गदै जाँदा अनुगमन टोलीको नजर टेवुलमाथी राखिएको चार वटा चाउमीनको प्याकेटमा पुग्यो ।

प्याकेट भित्र रहेको स्टीकरमा साकार सौरभ फुड एण्ड बेभरेज प्रोडक्टस तुलसीपुर दाङ लेखीएको छ । उक्त उद्योगले टाँस गरेको स्टीकरमा ग्राहकलाई झुक्याउने मिति राखेको भेटियो । त्यसपछि अनुगमन टोलीले रेष्टुरेन्ट सन्चालकसंग सोधपुछ गरी सम्बन्धित उद्योगसंग कुराकानी गर्ने भन्दै फेला परेको चार प्याकेट बरामद ग¥यो ।

चाउमीनको स्टीकरमा उत्पादन मिति सन् २०२० डिसेम्वर १० (मंसीर २५गतेसम्म ) लेखीएको छ । जसमा भनिएको छ उत्पादन मितिले तिन दिनसम्म खान योग्य रहनेछ । तर उत्पादन मितिमा नोभेम्वर नसकिदै डिसेम्वरको मिति राखेर एक महिना अघि नै बजारमा पठा एको छ । यस विषयमा छलफल गर्दा रेष्टुरेन्ट सन्चालक पनि अचम्मित भए ।

उनले जवाफ दिदै भने सात वटा प्याकेट राखेको हुँ तिन वटा प्याकेट चाउमिन बनाउने तयारीमा राखीएको छ । उद्योगले दैनिक ७०÷७५ केजीका चाउमीनका प्याकेट उत्पादन गरी बजारमा विक्रि गदै आएको छ । उक्त दिन पनि सोहि परिमाणमा चाउमिन बजार पठाईएको थियो । अघिल्नो दिन उत्पादन तथा प्याकिङ गरी त्यसको भोली पल्ट बजार पठाउने गरिएको छ ।

अनुगमण गर्नेका स्वादका कुरा

उत्पादन गरेको ३ दिनभित्र प्रयोग गरिसक्नु पर्ने चाउमीनलाई एक महिनापछि पनि प्रयोग गर्न सकिने गरी गलत मिति राखेको चाउमीन अगुमणका क्रममा भेटिए पनि नियमन गर्ने निकाय भने मुकदर्शक बनेको छ । पैसा कमाउने नाममा जानीजानी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने उद्योग संचालकलाई २४ घन्टा वितिसक्दा समेत कारबाही त परैको कुरा जानकारी समेत गराएको छैन् ।

उपभोग्य सामग्री गुणस्तर भए या नभएको । म्याद नाघेको, मिसावट भए या नभएको अनुगमण तथा नियमन गर्ने जिम्मेवारी पदमा बसेका भने मज्जाले जनताले तिरेको करबाट तलब खाएर भत्ता पचाएर बसेका छन् । अनुगमण र नियमन गर्ने निकायको अड्डाका रुपमा तुलसीपुरमा दुईवटा निकाय छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर र तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा । तर यीनीहरुलाई अनुगमणका नाममा जनताको आँखामा छारो हालेर भत्ता पचाउने मात्रै काम छ ।

सोझासिधा जनताले भने खनखनती पैसा हालेर आफ्नै स्वास्थ्यलाई हानी पु¥याउने चाउमीनलाई भोक मेटाउन खाईरहँदा नियमन गर्ने निकाय भने अनुगमण गरेजस्तो नाटक गरेर भत्ता पचाउने काम गरिहेका छन् ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख विवेक बन्जारा तुलसीपुरमा अनुगमण गरेर गढवामा पनि त्यस्तै खालको नाटकीय अनुगमणमा गएको बताउँछन् । ।

टेलिफोन सम्पर्कमा गढवाबाट उनले भने ‘ग्राहकलाई झुक्याएर व्यापार गर्न पाईदैन । उद्योग संचालकसंग फोन सम्पर्क गरी मौखीक रुपमा मिति सच्याउन आग्रह गरेको छु र बयानका लागी कार्यालयमै उपस्थित हुन भनेको छु ।’यस्तैगरी तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेवा रावतले पनि आज विभिन्न कामले नभ्याएकाले उपयुक्त समयमा उद्यागलाई सम्पर्क गरी आबश्यक कारवाही गर्ने दाबी गर्छिन ।

उद्योग संचालकले भने : भुलबस भयो

दुध, दहि, घिउँ, पनिर, केक लगाएतका दुग्धजन्य बस्तुहरु बेच्दै आएको साकार सौरभ डेरी उद्योग तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँमा छ । पहिलो पटक तुलसीपुरमा स्थापित उद्योगका रुपमा परिचित उद्योगले पछिल्लो समय सौरभ फुड एण्ड बेभरेजको नामबाट पनि चाउमीन पनि उत्पादन र बिक्री गर्दै आइरहेको छ । स्थापित उद्योगका नाममा संचालित उद्योगले नै गलत धन्दा गर्न थालेपछि नियमित ग्राहकहरु झस्किएका छन् ।

यता साकार सौरभ फुड एण्ड बेभरेजका मालिक साकार खड्काले भुलबस त्रुटी भएको बताएका छन् । यसको विषयमा होटेलबाट बाह्यक अन्यत्र कतैबाट पनि आफुलाई जानकारी नआएको बताउदै  कम्युटर प्रिन्ट गर्दा कर्मचारीले नोभेम्वर लेख्नु पर्नेमा डिसेम्वर भएको खड्काले दाबी गरे ।

उत्पादन भएका सबै माल जफत गरि कारबाही गर्नुपर्छ

उपभोक्ता हित संरक्षण मञ्च दाङका अध्यक्ष केशव कुमार शर्माले खुलेआमा गलत धन्दा चलाउने उद्योगलाई कारबाही गर्नुपर्ने बताएका छन् । एक महिनापछि उत्पादनको मिति राखेर एक महिना अघि नै बजारमा बिक्री गर्ने उद्योगलाई कारबाही गर्नुको बिकल्प नभएको बताउँदै अध्यक्ष शर्माले यसलाई सामान्य रुपमा लिन नहुने बताए ।‘जसले गरेपनि यो गलत काम हो,’ अध्यक्ष शर्माले भने –‘उपभोक्ताको स्वास्थ्यमा हानी पु¥याउने उद्योगलाई सजग बनाउने मात्रै हैन कारबाही गरेर दण्डजरिबाना समेत गर्नुपर्छ ।’

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया