एजेन्सी, २२ कार्तिक । राष्ट्रपति डोनल्ड ट्रम्पले जो बाइडनलाई राष्ट्रपतीय निर्वाचनमा विजय भएको घोषणा नगर्न चेतावनी दिएका छन्।
जबकी उनी स्वयंले भने अगाडिनै त्यस्तो घोषणा गरेका थिए। डेमोक्र्याटीक पार्टीका नेता बाइडन महत्त्वपूर्ण र निर्णायक ठानिएको पेन्सिल्भेनिया राज्यमा जितको नजिक पुगेको देखिएको छ।
पेन्सिल्भानियाको महत्त्व
उक्त राज्यमा जित हासिल गरेमा त्यसबाट प्राप्त हुने २० इलेक्टोरल मतले बाइडनलाई ह्वाइट हाउस दिलाउनेछ। एउटा ट्वीट गर्दै ट्रम्पले मतगणनाविरुद्धका कानुनी कारबाही भरखर सुरु हुन थालेको बताएका छन्। तर अब उनले अदालतबाहिर जित्ने मार्ग भने साँघुरिँदै गएको छ।
पेन्सिल्भानियाका अतिरिक्त बाइडन जोर्जिया, नेभाडा र एरिजोनामा पनि अगाडि छन्। त्यसतर्फ इँगित गर्दै ट्रम्पले निर्वाचन लगत्तैका समयमा आफूले बनाएका अग्रता ’आश्चर्यजनक’ ढङ्गले हराइरहेको बताए।

