२०८३ जेष्ठ २७ गते बुधवार

इङ्ग्ल्यान्डमा आउँदो बिहिबारदेखि लकडाउन हुने

एजेन्सी , १६ कार्तिक ।  ङ्ग्ल्यान्डमा दोस्रो चरणको लकडाउन हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसोनले इङ्ग्ल्यान्डमा दोस्रो चरणको लकडाउन घोषणा  गरेका हुन् ।

उहाँका अनुसार आउँदो बिहिबारदेखि कार्यान्वयनमा आउँने दोस्रो चरणको लकडाउनमा पब्स, रेष्टुरेन्ट, जीमलगायत अति-आवश्यक नपर्ने व्यवसाय ४ हप्ताको लागि बन्द हुनेछ ।

तर स्कुल, कलेज र विश्वविद्यालय भने खुल्न पाउनेछन् । डिसेम्बर दुई तारिखदेखि लकडाउन केही खुकुलो बनाइने पनि उनले बताए  ।

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया