अस्ट्रेलियामा बालशोषण सामग्री राखेको आशंकामा ४४ जना पक्राउ

एजेन्सी, ७ कार्तिक / अस्ट्रेलियामा बालशोषण सामग्री राखेको र उत्पादन गरेको आशंकामा ४४ जनालाई पक्राउ गरेको छ । १६ जना बालबालिकाको उद्धार गरेको छ ।

अनलाइनमा सेयर भएका तस्बिर र भिडियोको वर्षौँ लामो अध्ययन र अनुसन्धानपछि देशभरिबाट ४४ जनालाई पक्राउ गरिएको अस्ट्रेलियाली संघीय प्रहरी एएफपीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

पक्राउ परेकाहरु निर्माण, यातायात, कानुन प्रवर्द्धन र सामाजिक क्षेत्रमा कार्यरत रहेका अनुसन्धानले देखाएको छ । प्रहरीले यो वर्ष मात्रै १ सय ३४ जना बालबालिकाको उद्धार पनि गरेको छ ।

 

 

 

प्रकाशित मिति : २०७७ कार्तिक ७ गते शुक्रवार
प्रतिक्रिया