अमेरिकी निर्वाचन २०२०ः  इरान र रुसले मतदाता विवरण पाएको आरोप

बीबीसी, ६ कार्तिक / हुलाकबाट पहिल्यै गर्न सकिने मतदानमा अहिलेसम्म ४ करोडभन्दा बढि मत खसिसकेको छ ।  हुलाकबाट पहिल्यै गर्न सकिने मतदानमा अहिलेसम्म ४ करोडभन्दा बढि मत खसिसकेको छ। अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूले डेमोक्र्याटिक तदाताहरूलाई तर्साउनेगरी इमेल पठाउने काममा इरान जिम्मेवार रहेको बताएका छन्।

न्याश्नल इन्टेलिजेन्सका निर्देशक जोन ¥याटक्लिफले भनेः “ती इमेलहरू चरम दक्षिणपन्थी ट्रम्प पक्षधर समूहबाट आएको र मानिसहरूलाई उत्तेजित पारेर अस्थिरता फैलाउने उद्देश्य राखेको देखिन्छ।“

अमेरिकामा राष्ट्रपतीय चुनाव हुन दुई साताभन्दा कम समय बाँकी छंदा न्याश्नल इन्टेलिजेन्सका निर्देशकले यस चुनावमा इरानसहित रुसले समेत हस्तक्षेपको प्रयास गरेको बताएका हुन्। वासिङ्टनमा बोलेका ¥याटक्लिफले दुवै देशले गैरकानुनी रूपमा केही मतदाताका विवरण पाएको आरोप लगाए।

उनले इरानले अमेरिकीहरूलाई फर्जी इमेलहरू पठाउँदै अन्योल एवं असहज पार्नुका साथै अमेरिकी प्रजातन्त्रप्रतिको आत्मविश्वास कमजोर पार्न खोजेको आरोप लगाए।

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया