२०८३ बैशाख १७ गते बिहिवार

६ हजार ७ सय पर्ने औषीधीलाई अभाव देखाउँदै २२ हजारमा बिक्री

काठमाडौं । कोभिड–१९ अर्थात् कोरोनाभाइरस संक्रमितको उपचारका लागि नेपाल लगायत विभिन्न मुलुकमा क्लिनिकल ट्रायल भइरहेको औषधि ‘रेम्डेसिभिर’लाई विश्व स्वास्थ्य संगठनले प्रभावकारी नभएको पुष्टि गरिसकेको छ । तर सरकारको बेवास्ताका कारण उक्त औषधि नेपालमा कालोबजारीमा विक्री भइरहेको छ । गम्भीर लक्षणसहितका बिरामीको उपचारमा अझै पनि नेपालमा सो औषधिको प्रयोग भइरहेको छ भने संक्रमितको संख्या बढेसँगै कालोबजारीमा विक्री हुन थालेको छ ।

गम्भीर बिरामी भएर अस्पताल भर्ना भएका बिरामीलाई रिम्डेसिभिर औषधि सेवन गराए पनि कतिपयको ज्यान जोगाउन नसकिएको विश्व स्वास्थ्य संगठनले बताउँदै आएको छ । यस औषधिको सेवनपछि बिरामीलाई भेन्टिलेटरमा लैजान नपर्ने, चाँडै निको हुने भनिए पनि पछिल्ला अध्ययनले त्यस्तो नदेखाएको विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

कोरोनाभाइरस (कोभिड—१९) संक्रमण भएपछि विगत ६ दिनदेखि नर्भिक अस्पतालको आइसियुमा काठमाडौंका ‘विकास पाण्डे’ (नाम परिवर्तन) उपचाररत छन् । कोरोना संक्रमणका कारण पाण्डेको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालले क्लिनिकल ट्रायल भइरहेकोे रेम्डेसिभिर औषधि सेवन गराउने निधो गर्याे ।

याे पनि पढ्नुहाेस

निर्मला पन्तका पुराना फाइल पल्टाउदै प्रहरी

सरकारले रेम्डेसिभिर औषधि निजी फार्मेसीहरुलाई खरिदबिक्री गर्ने अनुमति दिए पनि सो औषधि बजारमा नपाएको पाण्डेका आफन्तले गुनासो गरे । केही ठाउँमा रेम्डेसिभिर औषधि पाइए पनि तोकेको मूल्यभन्दा चार गुणा बढी तिरेरमात्रै पाइने उनीहरुको भनाइ छ ।

बजारमा अभाव देखाउँदै उक्त औषधि चार गुणा मूल्य बढाएर २२ देखि २४ हजारमा विक्री गरेको पाइएको छ । रेम्डेसिभिरको मूल्य ६ हजार ७०० सय रूपैयाँ पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । तर संक्रमितको संख्या बढेसँगै रेम्डेसिभिर औषधिको अभाव देखाएर कालोबजारी भइरहेको हो ।

बजारमा अभाव देखाउँदै उक्त औषधि चार गुणा मूल्य बढाएर २२ देखि २४ हजारमा विक्री गरेको पाइएको छ । त्यो पनि च्यानल मिलाएर मात्र किन्न पाइन्छ । यसलाई नाम चलेका निजी अस्पतालकै फार्मेसीले महँगो मूल्यमा बिक्री गर्दै आइरहेका छन् ।

जोरपाटीकी सविता पराजुली (नाम परिवर्तन)का श्रीमान् पनि कोभिड–१९ बाट संक्रमित भएपछि वीर अस्पतालमा भर्ना भएका छन् । पराजुलीका ४० वर्षीय श्रीमानलाई कडा खालको लक्षण देखिएपछि चिकित्सकले रेम्डेसिभिर औषधि सेवन गर्न सल्लाह दिए । उपत्यकाका निजी तथा सरकारी अस्पताल र तिनका फार्मेसीमा पुग्दा उनले औषधि पाइनन् । औषधि खोजेको २ दिनपछि बल्ल आफन्तमार्फत उनले पाइन्, त्यो पनि कालाबजारीमा । सरकारले तोकेभन्दा चार गुणा बढी मूल्यमा किन्न उनी बाध्य भएको भन्दै रातोपटीले खबर लखेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया