काँग्रेस तुलसीपुर ७ वैठक सम्पन्न

सन्तोष केसि,तुलसीपुर २८ जेठ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ मा नेपाली काग्रेस प्रचार प्रसार समितिको समिक्षात्मक वैठक सम्पन्न भएको छ । आसन्न स्थानिय निकायलाई लक्षित गरि वनाईएको निर्वाचन प्रचार प्रसार समितिको वैठकमा आज सम्म गरिएको घरदैलो कार्यक्रमको समिक्षा गरिएको छ । साथै वैठकमा नेपाली काग्रेसका तर्फ बाट अध्यक्ष पदका उम्मेदवार टोप बहादुर केसी सहित सदस्यहरुलाई अत्यधिक मतका साथ बिजयी गराउन रणनिति समेत तय गरिएको छ ।

वैठकमा प्रचार प्रसार अभियान अन्र्तगत आज सम्म गरिएको घरदैलो अभियान प्रभावकारि भएको भन्दै अझै ब्यवस्थीत गर्दै साविक तुलसीपुर ३ मा घरदैलो गर्ने निर्णय गरेको छ । त्यसैगरि वैठकमा घरदैलो सम्पन्न गरि पुनह टोल स्तरिय कोण सभाको अयोजना गरि नेपाली काग्रेसको धारणाका साथै उम्मेदवारहरुको प्रतिवद्धताका बारेमा जानकारि गराउने , मतदानका लागी निमण्त्रणा पत्र पठाउने लगाएतका निर्णय गरिएको छ । प्रचार प्रसार समितिका अध्यक्ष रेशम बहादुर वलिको अध्यक्षतामा भएको समिक्षात्मक वैठकमा बोल्ने बक्ताहरुले मतदाताहरुलाई मतदानका बारेमा वुझाउन टोल टोलमा सक्रिय सदस्यहरुलाई खटाउन आग्रह गरेका थिए ।

बैठकमा नेपाली काग्रेस साविक वडा नम्वर ३ का सभापती प्रेम बहादुर केसी , वडा नम्वर १५ का सभापती हरि बहादुर थापा , काग्रेस नेताहरु अरुण आचार्य , जगत थापा , छन्द बहादुर जिसी , अर्जुन जिसी , युवा परिचालन समितिका संयोजक धरम बहादुर केसी , संचार संयोजक बिमल गौतम , आर्थिक संयोजक शंकर केसी लगाएतकाले आफना धारणा राख्नु भएको थियो । सो वडा बाट महिला सदस्यमा ललिता कडेल , दलित महिला सदस्यमा शारदा सुनार , खुल्ला सदस्यमा राम बहादुर जिसी र चन्द्रलाल चौधरि रहनु भएको छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया