भारतको हैदराबादमा छाना र पर्खाल भत्किँदा १२ जनाको मृत्यु

काठमाडौ, २८ असोज । भारतको हैदराबादमा छाना र पर्खाल भत्किँदा १२ जनाको मृत्यु भएको छ । हैदराबादमा लगातारको वर्षाका कारण बदलागुडाको मोहम्मदिया हिल्समा पर्खाल भत्किँदा ९ जनाको मृत्यु भएको छ भने इब्राहिमपटनममा घरको छाना खस्दा ३ जनाको मृत्यु भएको छ । हैदरावादमा लगातारको वर्षाका कारण विभिन्न क्षेत्र जलमग्न बनेको छ ।

वर्षाका कारण प्रभावित क्षेत्रमा उद्दारका लागि टोली परिचालन गरिएको छ । तेलङ्गानाका मुख्य सचिव सोमेश कुमारले हैहराबादमा यो समाचार तयार पार्दा सम्म २० सेन्टिमिटर भन्दा बढी पानी परेको र विभिन्न शहर डुबानमा परेको बताएको अन्र्तराष्ट्रिय सन्चार माध्यमले समाचार लेखेका छन् ।

प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार
प्रतिक्रिया