दलित महिला अगुवा अभियन्तालाई तालीम

तुलसीपुर,२७ जेठ ।

दलित महिलाहरुका लागि तिन दिने तालीम तुलसीपुरमा समापन भएको छ । दलित महिला सँघ दाङको आयोजनामा भएको तालीममा महिलाहरुलाई नेतृत्व विकास सँगै महिला हिँसाका बारेमा जानकारी दिईएको सस्थाका कार्यक्रम सँयोजक पोषण सेन्चुरीले जानकारी दिनुभयो । तीन दिन सम्म चलेको तालीममा नयाँ सविधानमा भएका दलित महिलाका हक अधिकार सँगै कार्यन्वयनका लागि चाल्नुपर्ने कदमका बारेमा पनि जानकारी दिइएकोे थियो ।

सस्थाका अध्यक्ष यूवा कराराको अध्यक्षतामा तालीमको समापन गरीएको हो । सो अवसरमा सस्थाका कोषध्यक्ष सितारा नेपाली,कार्यक्रम सँयोजक पोषण सेन्चुरी,निर्मल नेपाली लगायतले बोल्नुभएको थियो । तालीम समापनको सहजिकरण सामाजिक परीचालक जानकी विश्वकर्माले गर्नुभएको थियो ।

तालीममा धर्ना , हापुर,विजौरी,पवननगर र श्रीगाउका २५ जना दलित महिलाको सहभागिता रहेको थियो । तालीमको प्रशिक्षकमा दुर्गा सोव,निर्मल नेपाली र डिल्लीराज धिताल हुनुहुन्थ्यो । सहभागि महिलाहरु लाई एक एक थान झोला वितरण गरएिको थियो ।।

प्रकाशित मिति : २०७४ जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया