
काठमाडौ, १९ असोज । विश्वभर कोरोनाकै कारण एक लाख भन्दा बढि मानिसको मृत्यु हुने देशको संख्या तिन पुगेको छ । पछिल्नो समय भारतमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या एक लाख दुई हजार सात चौध पुगेको छ । यो संगै विश्वभर एक लाख भन्दा बढिको मृत्यु हुने देशको संख्या तिन पुगेको हो ।
सवैभन्दा धेरै अमेरिकामा कोरोनाकै कारण मृत्यु हुनेको संख्या दुई लाख चौध हजार छ सय एघार रहेको छ । त्यसपछि ब्राजिलमा एक लाख ४६ हजार तिन सय पचहत्तर जनाको मृत्यु भएको छ । हाल सम्म विश्वभर कोरोनाकै कारण मृत्यु हुनेको संख्या दश लाख एक्चालिस हजार आठ सय त्रिरान्नब्बे रहेको अन्र्तराष्ट्रिय सन्चार माध्यममा खवर प्रकाशित भएको छ ।
विश्वभर संक्रमित हुनेको संख्या तिन करोड चाउन्न लाख छ हजार नौ सय चौवत्तर रहेको छ । जसमध्ये दुई करोड छैसठ्ठी लाख एक्तिस हजार आठ सय अरचालिस संक्रमित निको भएका छन् ।
प्रकाशित मिति : २०७७ असोज १९ गते सोमवार