काठमाडौ,१७ असोज । भारतका कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या एक लाख नाघेको छ । शनिवार थप एक हजार ६९ जनाको मृत्यु भएसँगै भारतमा मृतकको संख्या एक लाखभन्दा बढी पुगेको हो । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ८४२ जनाको मृत्यु भएको जनाएको छ । भारतमा एकैदिनमा सङ्क्रमित हुनेहरुको संख्यामा भने कमी आएको देखिएको छ ।
केही दिनअघिसम्म दैनिक झन्डै एक लाख मानिस सङ्क्रमित हुने गरेकोमा अहिले घटेर ८० हजारको हाराहारीमा झरेको छ ।सरकारी अधिकारीहरुका अनुसार भारतमा ७९ हजार ४७६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यो सँगै भारतमा कुल सङ्क्रमितको संख्या ६४ लाख ७३ हजार ५४५ पुगेको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमितमध्ये ५४ लाख २७ हजार ७०७ जना सङ्क्रमणमुक्त भइसकेका छन् भने नौ लाख ४४ हजार ९९६ जना अझैपनि सङ्क्रमित अवस्थामा नै रहेका छन् ।