आत्माघाती कार हमलामा अफगानिस्तानमा ९ जनाको मृत्यु

एजेन्सी । आत्माघाती कार हमलामा परेर दक्षिणी अफगानिस्तानमा ९ जनाको ज्यान गएको छ । सैनिक पोष्टलाई लक्षित गरी आक्रमणकारीहरुले कार बम विष्फोट गराएका थिए । घटनामा परेर चार सर्वसाधारणसहित ९ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानको हेलमण्ड प्रान्त अन्तर्गतको नाहरी सारा जिल्लामा बुधबार राती भएको सो आक्रमणमा एक बालकसहित ३ जना सुरक्षाकर्मी समेत घाइते भएका छन् ।

आक्रमणकारीहरुले चौकीलाई निशाना बनाएर कार बम विष्फोट गराउँदा अर्को सवारीमा यात्रा गरिरहेका सर्वसाधारण परेका थिए ।

फाईल फोटो 

प्रकाशित मिति : २०७७ असोज १५ गते बिहिवार
प्रतिक्रिया