भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६० लाख नाघ्यो

काठमाडौ, १२ असोज । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या ६० लाख ७३ हजार तीन सय ४८ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार ७०० जनानयाँ सङ्क्रमित थपिएका विवरणहरु सार्वजनिक भएका छन् । साथै पछिल्लो २४ घण्टामा एक हजार ४० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

भारतमा योसँगै कूल मृत्यु हुनेको संख्या ९५ हजार ५०० पुगेको छ । पछिल्लो अपडेट अनुसार ९ लाख ६४ हजार चार सय सात जनामा सक्रिय कोरोनाको अवस्था छ भने ५० लाख १३ हजार ३६७ जना निको भएका छन् ।

प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार
प्रतिक्रिया