शान्ति स्वँयम सेवकलाई अभिमुखीकरण

देविराम कुसारी,गोल्टाकुरी २५ जेठ ।
परिवर्तनका संवाहाक शान्ति र पुणर्मिलाप कार्यक्रम अन्तर गोल्टाकुरीमा शान्ति स्वयम सेवकका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवज ललितपुरको सझदारीमा सञ्चालित कार्यक्रमका स्वयम सेवक विमला कुसारीको अध्यक्षता तथा दंगिशरण गाउपालिका वडा कार्यालयका कर्मचारी पवित्रा केसीको आथित्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा सेवा केन्द्रका मनो सामाजिक विमर्षकर्ता लक्ष्मी ढकालले, लाखासहायक अर्चना शर्मा, शान्ति दुत देविराम कुसारी लगाएतले सामाजिक सवाल, शान्ति शिक्षा, मनो सामाजिक समस्याका वारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा शान्ति स्वयम सेवक पारस खड्का, मिना पुरन, शुसिला चौधरी, मनिषा वली, तुलसा वस्नेत, शुसिला नेपाली, जुनिका चौधरी लगाएतले आआफ्नो विचार राख्नु भएको थियो । कार्यक्रममा गोल्टाकुरीका १५ जना शान्ति स्वयम सेवकको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७४ जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया