मोटरसाईकल अटोमा ठोक्किदा कचिलाका कमल घाइते

तुसीपुर, १ असोज । तुलसीपुरमा मोटरसाईकल अटोमा ठोक्किदा एक युवक घाईते भएका छन् । घाईते हुनेमा तुलसीपुर उपमहागनरपालिका–१२ कचिला निवासी १८ बर्षका कमल चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाईते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिनुभयो ।

दोघरेबाट तुलसीपुर जाँदै गरेको रा५प २४३३ नम्बरको मोटरसाईकल, तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा१ह ४१२५ नम्बरको अटोमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असोज १ गते बिहिवार
प्रतिक्रिया