रुसमा बनेको कोरोना विरुद्धको खोप भारतमा पनि परीक्षण हुने

काठमाण्डौ   / रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका केही देशमा पनि परीक्षण हुने भएको छ ।
स्पुनिक पाँच नाम दिइएको यो खोप भारतसहितका केही देशमा यही महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीले बताए ।
रुसी लगानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले भारत, साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएई), फिलिपिन्स, ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेका बताएका छन ।

 

यो खोपको पहिलो र दोस्रो चरणको परीक्षण रुसमै भएको थियो । अब तेस्रो चरणको परीक्षण गर्न लागिएको उनले बताएका छन ।
यो परीक्षणको नतिजा आउँदो अक्टोबरदेखि नोभेम्बरसम्ममा प्रकाशित हुनसक्ने उनले जानकारि दिएका छन । कोषले गएको अगस्ट ११ तारिखमा यो खोप विकास गरेकोे घोषणा गरेको थियो ।

 

प्रकाशित मिति : २०७७ भाद्र २३ गते मङ्गलवार
प्रतिक्रिया