२०८३ कार्तिक ९ गते आइतवार

सल्यानमा स्वास्थ्य चौकिको भवन अलपत्र

  दुर्गा वि.सी, सल्यान २१ जेठ । सल्यानको बन्गाड कुपिण्डे नगरपालीकाको घाँझरीपिपल ७ मैदु पोखरीमा निर्माणाधिन स्वास्थ्य चौकि भवनको काम ५ वर्ष सम्म पनि अधुरै रहेको छ । स्वास्थ्य चौकिको नयाँ भवन नवन्दा अस्पतालका कर्मचारी र विरामीलाई समस्या भएको छ । विगत ४ वर्ष देखि अघि सम्भौता भई २ वर्ष्भित्र सम्पन्न गरि सक्नु पर्ने भवनको निमार्ण कार्य निक्कै ढिला भएको स्थानीय राम वहादुर वुढाले वताए । भवन निमार्णको कामको जिम्मा वर्षै पिच्छे ठेकेदार वदलीने र राम्रोसँग काम नहुदाँ भवनको काममा ढिलाई भएको छ । गजुरमुखि जेवि वली विल्डर्सले ४ वर्ष अघि २ करोड १६ लाखको लागतमा कामको जिम्मा लगि सहरी डिभिजन कार्यलय दाङ्गसँग सम्झौता भएको थियो । पटक पटक ठेकेदार फेरवदलसँगै भवन निमार्णको काममा समय थप गर्दा गर्दै ५ वर्ष पुग्न लाग्दा समेत काम सकिएको छैन् । कामको जिम्मा पाएका ठेकेदार भुपाल वलीले आफुले काम नगरेर पेटीमा तेजवहादुर वस्नेत,पुरन शाही र अन्य थुप्रै ठेकेदारलाई कामको जिम्मा दिएका थिए । तर कुनै पनि ठेकेदारले भरपर्दो काम नगर्दा भवनको कार्य अधुरै रहेको स्थानीयको गुनासो छ । गत आर्थिक वर्ष २०७३ आषाढ मसान्तमा सम्झौता मिति सकिएको थियो । तर पुन म्याद थप गरि काम सुरुवात गरे पनि अझै भवनको काम यो वर्षमा समेत सकिने अवस्था नरहेको सहरी डिभिजन कार्यलय दाङ्गले जनाएको छ । काममा सुसस्तता देखि कमसल खाले कामले गर्दा स्वास्थ्य चौकिको भवन भनेअनुसारको नभएको स्थानीय नारायाण खड्काले वताए । २ वर्ष भित्र सम्पन्न भई सक्नु पर्ने काम अझै अधुरो हुनुमा दोष भरी ठेकेदारको रहेको स्थानीयको भनाई रहेको छ । समयमा भवनको काम सम्पन्न नहुदाँ स्वास्थ्य चौकिको कार्यलय सञ्चालनमा निकै कठिनाई भएको छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ २१ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।