विश्वमा दुई लाख ५६ हजार बढी कोरोना सङ्क्रमित थपिए

काठमाण्डौ / पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ५६ हजार ९ सय ९० जना नयाँ सङ्क्रमित भेटिएका छन् । यो समयमा सबैभन्दा धेरै भारतमा ७८ हजार १ सय ६९ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।यस्तै ब्राजिलमा ४१ हजार ८ सय ८९ जना नयाँ सङ्क्रमित भेटिंदा अमेरिकामा ४० हजार ८ सय ३६ जनालाई सङ्क्रमण भएको वल्डोओमिटरले जनाएको छ ।

 

विश्वमा अहिलेसम्म दुई करोड ५८ लाख ८९ हजार भन्दा धेरै सङ्क्रमित छन् भने एक करोड ८१ लाख ७१ हजार भन्दा धेरै उपचार पछि निको भएका छन् ।कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म ८ लाख ६० हजार भन्दा धेरेको ज्यान गएको छ

प्रकाशित मिति : २०७७ भाद्र १७ गते बुधवार
प्रतिक्रिया