डब्ल्यूएचओ :   ले खोप बनाउन भइरहेको हडबडले नतिजा राम्रो आउँदैन

काठमाण्डौ / विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसविरुद्धको खोप बनाउन भइरहेको हडबडले नतिजा राम्रो नआउने चेतावनी दिएको छ ।
विभिन्न देशले खोप बनाउन होडबाजी गरिरहेको बेला डब्ल्यूएचओले खोप बनाउन र अनुमति दिन हडबड गर्दा यसले जोखिम झनै बढाउन सक्ने चेतावनी दिएको हो ।

 

डब्ल्यूएचओकी वैज्ञानिक सोम्या स्वामीनाथनले केही देशले खोपको ट्रायल सम्पन्न नै नगरी अनुमतिको लागि दबाब दिने गरेको बताउँदै अनुमति पाउने प्रक्रियालाई हल्का रुपमा नलिन आग्रह गरेको बीबीसीले जनाएको छ ।अहिले ३३ वटा खोपको क्लिनिकल ट्रायल चलिरहेको छ, एक सय ४३ खोप प्रि क्लिनिकल मूल्याङ्कनको चरणमा रहेका छन् ।

 

यसैबीच विश्व स्वास्थ्य संगठनले जोखिमको मूल्याङ्कन नगरी लकडाउन हटाएका देशमा कोरोना महामारीले थप उग्र रुप लिन सक्ने चेतावनी दिएको छ । धेरै नयाँ सङ्क्रमित देखिएको देशमा भिडभाड र यात्राको लागि अनुमति दिनु थप महामारीलाई निम्तो दिनु जत्तिकै खतरा रहेको छ ।

 

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया