अमेरिकामा आएको आँधीका कारण ४ जनाको मृत्यु

अमेरिकामा आएको एक शक्तिशाली समुद्री आँधीका कारण लुइजियाना राज्यमा कम्तीमा चारजनाको ज्यान गएको छ। लरा नामक आँधीले पु¥याएको क्षति आकलन गर्ने काम भइरहेको बताइएको छ।

समुद्री आँधी लराका कारण अमेरिकामा निकै क्षतिलुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागी भएपछि स्थानीय मानिसहरूलाई सावधान गराइएको छ।

करिब २४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले निकै क्षति पु¥याएको छ। पाँच लाख घरपरिवारमा बिजुली आपूर्ति अवरुद्ध भएको छ भने एउटा औद्योगिक रसायन कारखानामा आगलागी भएको छ। तर पहिले अनुमान गरिएजस्तो समुद्री छाल बढेर बाढी भने आएन किनकी आँधी पूर्वतिर लागेको भन्दै बीबीसीले लेखेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार
प्रतिक्रिया