महाराष्ट्रमा पाँच तले भवन भत्किँदा झण्डै ९० जना घाईते , उद्धारको काम चल्दै

काठमाण्डौ /भारत महाराष्ट्रमा पाँच तले भवन भत्किँदा झण्डै ९० जना घाइते भएका छन् । एक जनाको ज्यान गएको छ ।हिजो बेलुकी महाराष्ट्रको रायगढ जिल्लाको महाडमा घाईते भएकामध्ये ८ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

 

एक जनाको भने ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।महाड शहर दक्षिण मुम्बईबाट १ सय ८० किलोमिटरको दूरीमा पर्छ । अहिले पुरिएकाहरुको उद्धारको काम चलिरहेको छ ।

 

प्रकाशित मिति : २०७७ भाद्र ९ गते मङ्गलवार
प्रतिक्रिया