कोरोना भाइरसमा सङ्क्रमण देखिएपछि दक्षिण कोरियमा उच्च सतर्कता

दक्षिण कोरियामा आइतवार एकै दिन कोरोनाभाइरस सङ्क्रमण भएका २७९ मानिस फेला परेक  छन्।  पाँच महिनायता दैनिक वृद्धि भएको यो सर्वाधिक सङ्ख्या हो ।

तीमध्ये धेरै सङ्क्रमित साराङ जेइल गिर्जाघरसँग सम्बन्धित छन्।  त्यहाँका पादरीलाई राष्ट्रपति मुन जेइनका प्रखर आलोचक मानिन्छ।

यो वर्षको सुरुतिर शिन्जेओन्जी नामक अर्को गिर्जाघर कोरोनाभाइरसको सबैभन्दा ठूलो क्लस्टरका रूपमा देखा परेको थियो । उक्त विवादास्पद समूहसँग ५,२०० सङ्क्रमितहरूको सम्बन्ध रहेको बताइन्छ।

प्रकाशित मिति : २०७७ भाद्र १ गते सोमवार
प्रतिक्रिया