तुलसीपुर, १ भदौ । शान्ति नगरको पहाडी टोलमा मोटरसाईकलको ठक्करबाट ३ बर्षकी बालिका घाईते भएकी छन् ।
रा३प ५३५४ नम्बरको मोटरसाईकलले आईतबार साँझ ठक्कर दिदा शान्तिनगर गाउँपालिका–६ पहाडी टोल निबासी राजन परियारकी ३ बर्षकी छोरी गरिमा परियार घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घाईते बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०७७ भाद्र १ गते सोमवार





