तुलसीपुर, १६जेठ
तुलसीपुर उमहानगरपालिकामा रहेका नेकपा एमालेका उम्मेदवारले एकआपसमा चिनजान गरेका छन् । चुनाव प्रचार प्रसार समितिले आज तुलसीपुरको पार्टी कार्यालयमा परिचयात्मक कार्यक्रमको आयोजना गरेर उम्मेदवार विच आपसमा चिनजान गराएको हो ।
परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले जिल्ला कमिटी दाङका अध्यक्ष टिकाराम खड्काले चुनावी रणनीति र नयाँ योजनाका विषयमा कार्यकर्तालाई जानकारी गराउदै सुजबुझका साथ जनताको माझमा जान र प्रचार शैलीलाई पनि परिवर्तन गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा मेयर, उपमेयर, १९ वटा वडामा रहेका अध्यक्ष, दलित तथा महिला सदस्य र खुल्ला सदस्य सहित ९७ जना उम्मेदवारले एकआपसमा परिचय गरेका थिए ।
सो अवसरमा नेकपा एमाले जिलाकमिटी दाङका उपाध्यक्ष हुकुम बस्नेतले प्रदेश र जिल्ला कमिटीको निर्देशन पढेर सुनाउनु भएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका सदस्य गिरीराज केसी, तुलसीपुर उपमहानगरपालिका मेयरका उम्मेदवार घनश्याम पाण्डे, उपमेयर मायाँ आचार्य, कानुन व्यवसायी बामदेव शर्मा, युवा नेता मनोहर बुढाथोकी, वडा नम्बर छ का वडा अध्यक्षका उम्मेदवार नवराज लामीछाने लगाएतले बोल्नु भएको थियो । प्रचार प्रसार समितिका संयोजक शोभाराम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रदेश कमिटी सदस्य जोगबहादुर रानाले गर्नु भएको थियो ।