आजदेखी ७७ वटै जिल्लामा सवारी पास वितरण बन्द गरियो

काठमाण्डौ, २९ साउन ।

गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ ।गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो ।

हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्को व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि वितरण नगर्न र नगराउनुहुन आदेशानुसार अनुरोध छु, विज्ञप्तिमा भनिएको छ ।
यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तर जिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समय काठमाण्डौ उपत्यकासहित देशभर कोभिड(१९ को सङ्क्रमण बढ्दो छ ।

प्रकाशित मिति : २०७७ साउन २९ गते बिहिवार
प्रतिक्रिया