रकेट हमलाबाट अफगानिस्तानाम ९ जनाको मृत्यु

एजेन्सी , १६ साउन

पाकिस्तानले मान्छेको भिडभाड भएको क्षेत्रमा रकेट हमला गरेको अफगानिस्तानले आरोप लगाएको छ ।

अफगानिस्तान समाचार एजेन्सी टोलोन्यूजका अनुसार पाकिस्तानी सेनाले कन्डरको स्पिन बोल्दक जिल्लामा रोकेट प्रहार गरेको छ । यस आक्रमणमा ९ जना सर्वसाधारण नागरिकको मृत्यु भएको छ भने ५० भन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ ।

प्रकाशित मिति : २०७७ साउन १६ गते शुक्रवार
प्रतिक्रिया