भारतमा आए पाँच वटा लडाकू राफेल विमान

एजेन्सी, १४ साउन

भारतले पाँच वटा शक्तिशाली लडाकू राफेल विमान बुधबार ल्याएको छ । राफेल विमान आएसंगै भारतीय वायुसेनाले ठूलो शक्ति आर्जन गरेको बताएको छ । मंगलबार फ्रान्सबाट उडान भरेका लडाकू राफेल युएईमा रोकेर बुधवार दिउँसो अम्बाला अवरतरण गरेका थिए ।

राफेल विमानलाई पानी सलामका साथ स्वागत गरिएको थियो । सो अवसरमा वायुसेना प्रमुख आरकेएस भदोरिया पनि सहभागी थिए । फ्रान्सबाट प्राप्त हुने यो राफेल विमानहरूको पहिलो खेप हो ।

रक्षामन्त्री राजनाथ सिंहले ट्वीट गरेर वायुसेनालाई बधाई दिएका थिए । ‘वायुसेनाको इतिहासमा क्रान्तिकारी परिवर्तन हुनेछ र दुश्मनले हेर्नु अघि धेरै पटक सोच्नेछ ।’ ‘राजनाथ सिंहले भन ।

 

 

प्रकाशित मिति : २०७७ साउन १४ गते बुधवार
प्रतिक्रिया