तुलसीपुर, १२ जेठ ।
नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका ८ अश्वारामा एमालेको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन एमाले नेता शोभाराम बस्नेत र मेयरका प्रत्यासी घनश्याम पाण्डेले संयुक्त रुपमा गरेका थिए । जेठ ३१ गते हुने निर्वाचनलाई मध्यनगर गरेर सम्पर्क कार्यालय खोलिएको नेकपा एमाले ८ नम्बर वडाकमिटीले बताएको छ । कार्यायल स्थापना पछि अब चुनाव लक्षित गतिविधि गर्न सहज हुने बताइएको छ ।
कार्यालय उद्घाटन अवसरमा बोल्ने बक्ताले आगामि निर्वाचनमा वुद्धिमतापूर्वक भोट हाल्न आग्रह गरेका थिए । मतदाताले हालेको भोट अयोग्य र असक्षम व्यक्तिलाई जानसक्ने भन्दै बढो सुझबुझका साथ मतदान गर्नु पर्ने बताए । जेष्टकम्युनिष्ट मञ्चका संयोजक खगेन्द्र प्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेता शोभाराम बस्नेत, मेयरका प्रत्यासी घनश्याम पाण्डे, तुलप्रसाद खरेल, मेघराज भुसाल, शिवहरी भण्डारी लगाएतले बोलेका थिए ।