तुलसीपुर, ६ जेठ ।
अनेरास्ववियुले जनता सँस्कृत उच्च माध्यमिक विद्यालय विजौरीमा कमिटी गठन गरेको छ। सो अवसरमा सम्राट विश्वकर्माको अध्यक्षतामा ३९ सदस्यीय अनेरास्ववियु कमिटि विस्तार गरीएको हो । जस्को उपाध्यक्षमा विशाल परियार, सचिवमा युवराज रेग्मी,सह सचिवमा ललिता कुमारी डागी र कोषाध्यक्षमा सुनिता विसि रहेका छन । त्यसैगरी सदस्यहरुमा अजय रोका,सुन्दर चोैधरी,सन्दिप चोैधरी,दिपिका पुन,सुसिला रावत,लक्ष्मी सुनार,विपना चोैधरी, राजेस खड्का,रोहिर राना लगायतका रहेका छन ।
सम्राट विश्वकर्माको अध्यक्षता तथा अनेरास्ववियु दाङका उपाध्यक्ष सर्जन परियारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा उनिहरुले विद्यालय शैक्षिक सुधारमा जोड दिनुपर्ने र विधालयको नाममा रहेको जमिन बाट ढुँगा वालुवा उत्खनन् कार्यको विरोध समेत गरेका थिए । कार्यक्रममा अनेरास्ववियु जनता विधापिठका सह सचिव गणेश खड्का,अजित कुमार मणल लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण दिवस क्षेत्रिले गरेका थिए । यस्तै पद्मोदय क्याम्पस घोराहीमा पनि भरत जँग रायमाझीको अध्यक्षतामा कमिटि विस्तार गरीएको अनेरास्ववियु दाङले जनाएको छ ।