चार सय बढि विद्यार्थीको निशुल्क आँखा चेक जाँच

तुलसीपुर, ४ जेठ ।

आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुर गञ्ज अन्र्तगत राप्ती आँखा अस्पताल रक्षाचौर दाङले यहाँका चार सय ६५ जना विद्यार्थीहरुको निशुल्क आँखा चेक जाँच गरेको छ । विद्यालय स्वास्थ्य आँखा चेक जाँच कार्यक्रम अनुसार अन्धोपन निवारणका लागि आँखा चेक जाँच गरीएको वरिष्ठ नेत्र सहायक शालिकराम गौतमले जानकारी दिए ।

दाङको विरेन्द्र मावि मानपुरमा गरिएको निशुल्क आँखा चेक जाँच शिविरमा २० जना बालवालिकाहरुको आँखामा समस्या देखिएको अस्पतालले जनाएको छ । उनीहरुलाई राप्ती आँखा अस्पतालमा रिफर गरीएको गौतमले बताए । नेत्र सहायक मन्जु वोहराको नेतृत्वमा वाहेकार्यक्रम सह संयोजक विष्णु खनाल र पुर्ण वलीलगायतलको प्राविधिक टोलिले आँखा चेक जाँच गरेको थियो ।

सन २०२० सम्ममा राप्तीमा उपचारबाट सन्चोहुने अन्धोपन निवारणका लागि विभिन्न सचेतनाम कार्यक्रमहरु गदै आएको छ । भिजन टु २०२० भन्ने मुलनारा अस्पतालले लिएको छ

प्रकाशित मिति : २०७४ जेष्ठ ४ गते बिहिवार
प्रतिक्रिया