म बन्दुक लिएर मण्डप गएको थिइनँः बेहुलाको अपहरणको आरोपी युवतीले भनिन्

एजेन्सी

जेठ ४ – यूपीको हमिरपुरमा एक विवाहको क्रममा बेहुलाको मण्डपबाट अपरहण गर्ने प्रेमिकालाई पक्राउ गरेको छ । यद्यपी, युवतीले आफूले बन्दुक देखाएर बेहुलाको अपहरण गरेको कुरालाई झुटो बताएकी छिन् । यस्तै उनका प्रेमीलाई पनि पुलिसले बान्दामा उनको गाउँको घरबाट खोजी गरेको छ । पुलिसले उनलाई हमिरपुर ल्याएको छ ।

– घटना हमिरपुर जिल्लाको मौदहा थाहा एरियाको हो । पुलिसले युवती नेहा (परिवर्तित नाम) लाई बुधबार पक्राउ गरेको छ । सोधपुछमा उनले भनिन्, ‘म अशोकलाई ८ वर्षदेखि चिन्छु । उनीहरुले मैले बन्दुक लिएर मण्डपमा गएको बताएका छन्, त्यो सबै झुटो हो ।’

‘मसँग अशोकका साथी राहुल पनि गएका थिए । त्यहाँ पुगेपछि हामीले अशोक कहाँ छन् भनी खोजी गर्यौं । जब उनी भेटिएनन् तब बच्चालाई सोध्यौं । बच्चाले अशोक गाडीमा आराम गरिरहेको बताए  । त्यहाँ जाँदा अशोकको अनुहार मलिन थियो किनभने उनले मनदेखि विवाह गरेका थिएनन् । उनको विवाह गर्ने कुनै मुड थिएन ।’

– ‘अशोकले आफ्नो घर परिवार सबैलाई यसबारे जानकारी दिएका थिए । केटीपट्टीलाई पनि थाहा थियो कि केटाले अरु कसैलाई प्रेम गर्छ भन्ने तर केटीको परिवारले ‘हाम्रो छोरीले सम्हाल्नेछिन्’ भन्दै विवाहको प्रेसर दिएका थिए । तर उनी (अशोक) विवाह गर्न तयार थिएनन् ।’

– ‘त्यहाँ मैले कारको सिसा ढक्ढकाएको थिएँ, उनी आफै त्यहाँबाट बाहिर निस्किए । हामी बन्दुक लिएर गएका थिएनौं । यी सबैकुरा झुटो हो ।’

बेहुलालाई बान्दामा छोडिदिएका थियौंः

– नेहाले भनिन्, ‘मेलै भनेको थिएँ कि म विवाह गर्न दिन्नँ । तर अशोकलाई विवाह स्थलमा नै आउँछु भन्ने जानकारी दिएको थिइनँ । उनलाई यसबारे केही थाहा थिएनँ । त्यहाँबाट हामी सँगै आयौं र मैले अशोकलाई बान्दामा छोडिदिएँ । त्यसपछि उनी कहाँ गए, मलाई थाहा भएन ।’

– ‘त्यसै दिन कोर्ट म्यारिज गर्नु थियो । तर मसँग आवश्यक कागजात थिएन त्यसकारण हुन सकेन ।’

प्रेमिकामाथि प्रेमी अपहरण गरेको आरोपः

– १५ मे मा सियारामकी छोरी चन्दा (दुबै परिवर्तित नाम) को बान्दा जिल्लाको मटौंध निवासी रामहेत यादवका छोरा अशोकसँग विवाह हुनु थियो । निर्धारित कार्यक्रमका अनुसार जन्ती प्रस्थान भयो र माला लगाइदिने काम पनि भयो ।

– तर सात फेराको तयारी हुन लागेका बेला अचानक विवाह स्थल नजिकै गाडी रोकियो । यसमा सवार मानिसहरु बन्दुकसँगै आएका थिए । कारबाट निस्केकी एक युवती हातमा बन्दुक बोकेर सिधा मण्डपमा पुगिन् । उनले अशोकलाई बन्दुक देखाएर आफूसँगै हिँड्न आदेश दिइन् भन्ने आरोप उनीमाथि लागेको छ ।

बेहुलालाई मण्डपबाटै उठाएर लिएर जाने ‘रिभल्भर रानी’

बैंकमा काम गर्छिन् उनकी प्रेमिकाः

– घटनापश्चात् थाहा भयो कि अशोकलाई लिएर जाने उनकी प्रेमिका नेहा बान्दामा काम गर्छिन् । उनका पिता गोपालदास होशंगाबादमा काम गर्छन् । मध्यप्रदेशको छतरपुरमा बस्ने नेहा आफ्नी बहिनी र आमासँग बान्दामा बस्छिन् र बी ए अन्तिम वर्षकी छात्रा हुन् ।

– उनको अशोकसँग लामो समयदेखि अफेयर चलिरहेको थियो । अशोक पनि बान्दामा काम गर्दछन् ।

मलाई किन धोका दिएः बेहुली

घटनापछि अशोकसँग विवाह हुन लागेको बेहुली चन्दाले भनिन्, ‘यो सबै कुरा कसरी भयो त्यो मैले बुझ्न सकिनँ । यदि केटाको कुनै अन्य युवतीसँग प्रेम थियो र उनको परिवारलाई पनि यसबारे थाहा थियो भने हामीसँग यस्तो धोका किन गरियो ?’

– त्यस्तै बेहुलीकी पिता सियारामले भने, ‘कार्यक्रम चलिरहेको थियो । जयमाला पनि भइसकेको थियो । सात फेराको तयारी चलिरहेको थियो, त्यतिबेला यो घटना भयो । घटनापश्चात् मेरी छोरी आघात भएकी छिन् । पूरा परिवार तनावमा छ ।’

प्रकाशित मिति : २०७४ जेष्ठ ४ गते बिहिवार
प्रतिक्रिया