पाकिस्तानमा जेट विमान दुर्घटना हुँदा दर्जनौँको मृत्यु

एजेन्सी , १० जेठ 

पाकिस्तानमा लाहोर शहरबाट उडानमा रहेको पाकिस्तान अन्तर्रा्ष्ट्रिय वायुसेवाको एउटा एअरबस ए ३२० विमान कराची शहरको सघन आवासीय क्षेत्र मोडेल कोलोनीमा दुर्घटनाग्रस्त भएको छ।

फ्लाइट पीके ८३०३ मा ९१ जना यात्रु र आठजना चालकदलका सदस्यहरू थिए र उक्त विमान जिन्नाह अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्ने प्रयासमा  बीबीसीले लेखेकाे छ ।

प्रान्तीय स्वास्थ्य अधिकारीहरूले कम्तीमा ३७ जनाको ज्यान गएको पुष्टि गरेका छन् तर ज्यान गुमाउनेहरूको सङ्ख्या यो भन्दा एकदमै धेरै हुन सक्ने डर व्यक्त गरिँदैछ। कम्तीमा दुईजना यात्रु दुर्घटनाबाट बाँचेका छन्।

उक्त विमानका चालकले इन्जिनको शक्ति गुमेको जानकारी गराएका थिए र त्यसपछि विमान संकटमा रहेको सूचना मेडे जारी गरेका थिए।

विमान दुर्घटना हुनुको कारण पुष्टि हुन बाँकि छ। पीआइएका प्रमुख कार्यकारी एअर भाइस मार्शल अर्शद मलिकले भनेका छन् विमान चालकले ट्राफिक कन्ट्रोललाई उक्त विमानले केही “प्राविधिक समस्याहरू “ बेहोरिरहेको बताएका थिए।

विमानले दुर्घटनामा पर्नु अघि एक पटक विमानस्थलमा अवतरण गर्ने प्रयास पनि गरेको थियो तर विमानचालकहरूले दोस्रो पटक प्रयास गर्ने निर्णय लिएका थिए।

ब्यांक अफ पन्जाबका अध्यक्ष जफर मसुद उक्त विमानका एकजना यात्रु थिए र उनी बाँच्न सफल भएका बताइएको छ। अर्का जिवित व्यक्तिको नाम मुहम्मद जुबैर रहेको बताइएको छ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू उक्त दुर्घटनाबाट “स्तब्ध र दुस्खी“ भएको बताउँदै यस विषयमा तत्काल अनुसन्धान थाल्ने प्रतिबद्धता जनाएका छन्।

कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै सञ्चालनमा आएको थियो।

 

प्रकाशित मिति : २०७७ जेष्ठ १० गते शनिवार
प्रतिक्रिया