मेक्सिकोमा बिषालु मदिरा सेवन गर्दा ४२ जनाको मृत्यु

काठमाडौ, १ जेठ ।
मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको छ ।

राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरु ११ जना गम्भीर बिरामी परेका अधिकारीहरुले बताएका छन् ।

गत महिना पनि अखाद्य मदिरा सेवन गरेका कारण पश्चिमी जालिस्को प्रान्तमा २१ जनाको मृत्यु भएको थियो,अन्तराष्टिय सञ्चार माध्यमहरूले खबर लेखेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १ गते बिहिवार
प्रतिक्रिया