ओमप्रकाश गुप्ता,सिसहनियाँ १ जेठ ।
घरको काममा मात्र सीमित रहने महिलाहरु विस्तारै समुदायमा हुने हरेक क्रियाकलाप र सामुहिक काममा समेत अग्रसर हुदै जान थालेका छन् । गाउँ घरमा स्थापना गरिएका महिला समुहको माध्यमबाट महिलाहरु पछिल्लो समय यता आर्थिक, सामाजिक तथा महिला अधिकारको सवालमा समेत सक्रिय बन्न थालेका छन् ।
देउखुरीको राप्ती गाउँपालिकाको खुरुरीयामा गठन भएको नागरिक सचेतना केन्द्र महिला सशक्तिकरण समुहमा आवद्घ २५ जना महिलाहरुले गाउँमै सामुहिक च्याउखेती गरेका छन् । बेस संस्थाले २५ हजार बराबरको च्याउखेतीका लागि आवश्यक सामाग्री र जनउत्थान सामुदायिक वन गोवरडिहा २ वनघुस्रीले काठ दाउरा उपलब्ध गराए पछि उनीहरुले अहिले २ कोठाको घरमा ५९ पोकामा कन्या जातीको च्याउखेती गरेको महिला सशक्तिकरण समुहकी अध्यक्ष पार्वती चौधरीले बताइन् ।
समुहमा आवद्घ भए पछि पहिलो पटक गाउँका महिला दिदी बहिनीहरु संगठित भए पछि आर्थिक आय आर्जनका काममा लाग्नु पर्छ भन्ने कुरा समुहमा बसेर थाहा पाए पछि हामीहरु सामुहिक च्याउखेतीमा जुटेको समुहकी नियन्त्रक भगवता बुढाथोकीको भनाईलाई उद्रित गर्दै पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ ।