लकडाउन नगरेको भए भारतसंग रोयर बस्नुको विकल्प थिएन : प्रधानमन्त्री मोदी

तुलसीपुरखबर, २ बैशाख

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको तुलनामा शक्तिशाली देशमा २५ सय ३० गुणाले कोरोनाको संक्रमण फैलिएको बताएका छन् ।

आज देशवासीका नामा सम्बोधन गर्दै उनले कोरोनाको संक्रमण रोक्न नसक्दा इटली, अमेरिका, स्पेनमा हजारौंको दुःखद मृत्यु भएको बताए । ‘एक/ डेढ महिना पहिला कयौ देश र भारतमा कोरोनाको स्थितीत लगभग बराबर थियो,’ प्रधानमन्त्री मोदीले भने –‘तर आज ती देशहरूमा काेराेनाकाे संक्रमण हजाराै गुनाले अघि बढेकाे छ  । भारतले लकडाउनको रणनीति नअपनाएको भए र तत्काल फैसला नगरेकाे भए भारतमा रोएर बस्नुको विकल्प थिएन ।’

भारतले लिएको बाटो वर्तमान समयमा आएर सहि भएको बताउदै प्रधानमन्त्री मोदीले लकडाउनले सबैभन्दा बढि मार आर्थिक क्षेत्रमा परेपनि भारतीय जनताको जीवनका अघि यसको कुनै तुलना गर्न नसकिने बताए ।

प्रधानमन्त्री मोदीले लकडाउन मई ३ अर्थात बैशाख २१ गतेसम्म निरन्तरता दिने घोषणा गर्दै सामाजिक दुरी कायम गर्न घरभित्रै बसेर सहयोग गर्न जनतालाई अपिल गरेका छन् ।

 

 

 

प्रकाशित मिति : २०७७ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया