कोरोनाबाट मृत्युभएकाहरुको अमेरिकामा सामुहिक चिहान

बीबीसी, २८ चैत्र

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको सामुहिक चिहान बनाइएको छ । ब्रोङ्क्स अस्पतालदेखि पारीपट्टि अवस्थित हार्ट टापुमा खिचिएको तस्बिरमा सामूहिक चिहान बनाइएको ड्रोन तस्बिर सार्वजनिक भएपटि यस्तो रहस्य खुलेको हो ।

त्यहाँ अन्तिम संस्कार गर्ने आफन्त नभएका बेवारिसे शव वा विपन्न परिवारका मृतकको शव गाड्ने गरिएको छ। अधिकारीहरूका अनुसार त्यहाँ शव गाड्ने काम सातामा एक दिन गर्ने गरिएकोमा महामारीका कारण त्यसलाई हप्तामा पाँच दिनको लागि थालनी गरिएको छ।

यसै साता न्यूयोर्कका मेयर बिल दे ब्लाजिओले हार्ट टापुलगायतका सार्वजनिक चिहानहरू शव गाड्न प्रयोग गर्न सकिने सङ्केत गरेका थिए।

बुधवार मात्रै न्यूयोर्कमा कोरोनाभाइरसका कारण ७९९ जनाको ज्यान गएको थियो। त्यहाँका गभर्नर एन्ड्रू कुओमोले मानिसहरूलाई केही आश्वस्त पार्ने प्रयास गर्दै न्यूयोर्कका अस्पतालमा कोभिड(१९ का कारण भर्ना गरिएका बिरामीको सङ्ख्या घट्न थालेर त्यो दोस्रो दिन २०० मा झरेको बताए।

प्रकाशित मिति : २०७६ चैत्र २८ गते शुक्रवार
प्रतिक्रिया