कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि ब्रिटेनका प्रधानमन्त्री अस्पताल भर्ना

बीबीसी, २४ चैत्र 

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

आइतवार साँझ उनलाई “लक्षणहरू उस्तै“ देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको हो।

उनका डाक्टरको सुझावपछि यो कदम “सावधानीको रुपमा“ चालिएको बताइएको छ।

सरकारको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् तर सोमवार बिहान हुने कोरोनाभाइरससम्बन्धी बैठकको अध्यक्षता भने विदेशमन्त्रीले गर्ने ठानिएको छ।

उपचारका लागि अस्पताल पुगेका जोनसन रातभरि अस्पताल नै बस्ने ठानिएको छ।

प्रकाशित मिति : २०७६ चैत्र २४ गते सोमवार
प्रतिक्रिया