कोरोनाबाट भारतमा एक सय ९ जनाको मृत्यु

तुलसीपुरखबर,२४ चैत्र

भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या एक सय ९ पुगेको छ ।

पछिल्लो समय भारतमा कोरोना संक्रमणको संख्या अत्याधिक बढ्न थालेको त्यहाँका संचार माध्यमले जानकारी दिएका छन् ।

भारतको महाराष्ट्रमा सबैभन्दा बढी कोरोना फैलिएको छ । ४ हजार ६७ मध्य अहिले सम्म २ सय ९१ जना उपचारपछि घर फर्किएका छन भने एक सय ९ जनाको मृत्यु भएको छ।

भारतमा रेललाई समेत आइसोलेशन वार्डको रुपमा प्रयोग गरिएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २४ गते सोमवार
प्रतिक्रिया