दाङ भ्यालीमा अनेरास्ववियूको कमिटि विस्तार

घोराही,२६ बैशाख ।।
अनेरास्ववियू दाङले कमिटि विस्तार लाई तिव्र पारीरहेको छ । यसैक्रममा आज दाङ भ्याली क्याम्पसमा कमिटि विस्तार गरेको छ । कृष्ण डागीको अध्यक्षतामा ३९ सदस्यीय कमिटि चयन गरीएको अनेरास्ववियूले जनाएको छ । जस्को उपाध्यक्षमा सुस्मीता न्यौपाने, सचिबमा कर्णध्वज खड्का , सह सचिबमा प्रकाश केसी र कोषाध्यक्षमा झपिन्द्र खत्रि रहेका छन ।

यस्तै सदस्यहरुमा विनिता रीजाल,अविनाश विष्ट,बालिका कालाथोकि,पार्वति पुन , रोषण अधिकारी लगायतका रहेका छन । कृष्ण डागीको अध्यक्षता तथा जिल्ला उपाध्यक्ष सर्जन परियारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यार्थिको हक र हितका पक्षमा सदैव आवाज उठाउने बताएका थिए ।

सो अवसरमा अनेरास्ववियु राष्टिय परीषद् सदस्य दिपक परियार,जिल्ला सहसचिब ईन्द्र खड्का,कोषाध्यक्ष विराज डिसि लगायतले बोलेका थिए । कार्यक्रमको सहजिरकण सँगित अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : २०७४ बैशाख २६ गते मङ्गलवार
प्रतिक्रिया